FAQs Complain Problems

संक्षिप्त परिचय

<p>पूर्व पश्चिम सडक अन्तर्गत जिल्लाकै मध्यविन्दुमा पर्ने गोलबजार नगरपालिका सिरहा जिल्लाका तत्कालीन असनपुर, आशोपुर बल्कवा, बेतौना, लालपुर, मुक्सार, जमदह, चन्द्रलालपुर, चन्द्रोदयपुर गा.वि.स. सहित समेटेर २०७१ मंसिर १६ गते (२ डिसेम्बर २०१४) मा घोषणा भएको थियो । त्यसको २ वर्ष ३ महिना ६ दिनपछि अर्थात् २०७२ फागुन २२ गते साविकको दुर्गापुर गा.वि.स. समेत समेटेर १३ वटा वडा कायम भएको गोलबजार नगरपालिकाको वि.सं. २०६८ को जनगणना अनुसार ५२,१२७ जनसंख्या रहेको छ । पूर्व पश्चिम ९ किलोमीटर लम्बाई र उत्तर दक्षिण १४ किलोमिटर चौडाई रहेको गोलबजार नगरपालिकाको क्षेत्रफल १११.९४ वर्गकिलोमिटर रहेको छ ।<br /> स्थानीय तह सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आदेश, २०७४ बाट हालसम्म सेवा सञ्चालन गरिदै आएको छ । सबै वडालाई छुट्टाछुट्टै रुपमा सञ्चालन गर्न तत्काल कर्मचारी जनशक्तिको अभाव रहेको सन्दर्भमा जनशक्ति उपलब्ध गराई तत्काल सबै वडा कार्यालयहरु सञ्चालनमा ल्याइने छ । त्यसैगरी, सो आदेश तथा पारित गरिने कानुनहरुमा उल्लेखित पदाधिकारीको काम, कर्तव्य र अधिकारभित्र रहेर नगरलाई सुसभ्य, व्यवस्थित र विकसित बनाउने अठोट लिएका छौं । गोलबजार नगरपालिकालाई आर्थिक रुपले समृद्ध नगर बनाउनु अहिलेको आवश्यकता हो । आर्थिक रुपले आत्मनिर्भर तथा अन्तरनिर्भर अर्थतन्त्रको निर्माण गर्दै सामाजिक न्यायसहितको दिगो आर्थिक बृद्धि हासिल गर्नु गोलबजार नगरपालिकाको प्रस्थान विन्दु हो ।</p>